arrow

एमालेले राष्ट्रपति भण्डारीकी मितिनीलाई दियो पोखरामा उमपेयरको टिकट, गरिन् अस्वीकार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
manju-devi-gurung.jpg

पोखरा । नेकपा एमालेले पोखराको उपमेयरमा हालकै उपमेयर मन्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो ।

मन्जु अहिले केन्द्रीय सदस्य हुन् भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त मन्जुले आफू यसपालि चुनावै नलड्ने बताएकी थिइन् । त्यसैले पार्टीको आन्तरिक मनोनयनमा समेत उनले इच्छा देखाइनन् र बाहिरै बसिन् । चुनाव लड्ने चाहना नभए पनि मन्जुलाई एमालेले टिकट दिएको छ । तर उनी सन्तुष्ट छैनन् ।

‘चाहना राख्नुभएको छैन । नलड्ने नै भन्नुभएको छ,’ उनका स्वकीय सचिवसमेत रहेका एकराज गिरीले भने, ‘पार्टीपंक्तिसँग सल्लाह भइरहेको छ । बैठकमै व्यस्त हुनुहुन्छ ।’ गुरुङले कसैको पनि फोन उठाएकी छैनन् ।

त्यसो त पार्टीमा आफुभन्दा तल्लो कमिटीको व्यक्तिलाई उपल्लो पद दिएपछि उनी सन्तुष्ट छैनन् । पोखराका एमाले नेता कार्यकर्ताले समेत गुरुङलाई उपमेयर र पौडेललाई मेयर दिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भनेका छन् ।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ