arrow

हेटौंडाको मेयरका लागि ७ जनाको उम्मेदवारी दर्ता

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख ११ आइतबार
nirwachan-hetauda.jpg

हेटौंडा । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले गरी ७ जनाले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिनुभयो । 

मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतम र मौलिक जरोकिलो पार्टीको तर्फबाट सृजना बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसै गरी,हेटौंडाको मेयर पदका लागि स्वतन्त्रबाट लीला कुमारी आचार्य र देव राज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यसै गरी, हेटौंडा उपमहानगरपालिकाको उपमेयरका लागि २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

भागबण्डा र उम्मेदवार टुङ्गो लगाउन ढिलाइ भएकाले गठबन्धनका दल र नेकपा एमालेले भोलि उम्मेदवार दर्ता गर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ