arrow

बेथानचोकमा गठबन्धनबाट अधिकारी उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
bhagawan-adhikari.PNG

काठमाडौं । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन्।

काभ्रे कांग्रेसले सोमबार अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

अधिकारीले आजै उम्मेदवारी दर्ता गर्नेछन्। पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए। उनी नेपाल विद्यार्थी सङ्घको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत हुन्।

काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुई वटा पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउने गरी गठबन्धनमा सहमति भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ