arrow

कवि तारकिणीको उपचारका लागि ४ दिनमा ३ लाख जुट्याे, थप सहयाेगको आह्वान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
rajendra-tarkini.jpg

काठमाडौँ। सगरमाथा साहित्य प्रतिष्ठानले कवि राजेन्द्र तारकिणीको सहयोगार्थ सुरु गरेको विश्वव्यापी अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ ।

अहिलेसम्म देशविदेशमा रहेका शुभचिन्तकहरुमार्फत करिब ३ लाख बराबर रकमको कबोल आएको छ । यसमध्ये सम्बन्धित खातामा पठाउने क्रम पनि जारी छ ।

हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी साहित्य लेखन तथा पत्रकारितामा विगत एक दशकदेखि सक्रिय हुनुहुन्छ । उहाँको श्रवणशक्ति पुनः प्राप्तीका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कमिटी यएईले “आर्थिक सहयोग संकलन अभियान” चलाएको हो । 

प्रतिष्ठानले उहाँको उपचारका लागि हरेक क्षेत्र र तह–तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ । यसअघि अभियान चलाउने समाचार प्रकाशित भएकाे थियाे, त्यसयता ४ दिनको अवधिमा देश-विदेशमा रहेका ७० जनाबाट २ लाख ९० हजारभन्दा बढी रकम बराबरको सहयोग बोलकबोल भएको हो । केही शुभचिन्तकले नाम उल्लेख गर्न नचाहेकाे र अन्य छुटेका तथा नयाँ अाउने नामहरू क्रमशः अपडेट गरिँदै जाने प्रतिष्ठानले जनाएकाे छ । विभिन्न देशमा रहेका साहित्यप्रेमी तथा सहयोगी व्यक्तित्वहरुले यसबारे चासो राख्ने क्रम समेत बढेको छ ।

काठमाडौँ महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले उहाँको अप्रेसनमार्फत उपचार गर्ने तयारी गरिरहेको छ । डा. प्रधानाङ्गका अनुसार कवि तारकिणीको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुनेछ भने बोलीमा समेत सुधार हुनेछ ।

‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १९ लाखजति खर्च हुने बताइएको छ । यसमा नियामानुसार हुने सरकारी सहुलियतबाहेक करिब १२ लाख रकम अपुग भएकोले उक्त सहयोग अभियान सुरु गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले बताउनुभयो । सामान्य आर्थिक अवस्थाका तारकिणीले उक्त सबै खर्च धान्न नसक्ने भएको कारण आर्थिक सहयोगका प्रतिष्ठानले अग्रसरता लिएको उहाँको भनाइ छ । 

यो प्रविधिबाट उपचार गराउँदा खर्चिलो रहेको बताइएको छ । तर यसबाहेक अन्य विकल्प पनि छैन । वार्षिक रुपमा नियमित म्यापिङ तथा अन्य थेरापी, मर्मत–सम्भारवापत कम्तीमा पचास–साठी हजार खर्च छुट्याइराख्नुपर्ने त्रि.वि शिक्षण अस्पतालकै मुख्य श्रवण विशेषज्ञ डा. सुरेश्वर लाल कर्णले बताउनुभएको छ ।

कवि तारकिणीको श्रवणशक्ति प्राप्तिका लागि चालिएको यो अभियानमा स्वेच्छिक रुपमा सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाहरुले तल उल्लेखित विवरणमा सम्पर्क गर्न र सहयोग रकम पठाउन सकिने प्रतिष्ठानले जनाएको छ ।

सहयोग रकम पठाउन लागि बैंक खाता :
नाम : Rajendra Prasad Pant
बैंक : Global IME Bank Ltd / Kantipath Branch
खाता नम्बर : 0107010024497 
-----
बैंक : NIC Asia Bank Ltd / Sukedhara Branch
खाता नम्बर : 2887931058524001
=========================== 
E-Sewa/Khalti wallet :
+977-9861606136 (Rajendra Prasad Pant)
–––––––––––––
Email – rtpoet069@gmail.com
Viber – +977- 9849560709
फेसबुक : rajendra.tarakini
थप जानकारीका लागि : +977-9849560709 (तारकिणीका दाइ)

सगरमाथा साहित्य प्रतिष्ठानमा सम्पर्कः
प्रतिष्ठानको what'sapp नम्बर - +971-545643900
फेसबुक-  https://www.facebook.com/sagarmathasahityapratishthan
---------------
केन्द्रीय अध्यक्ष : जीवित खड्का मगर (https://www.facebook.com/jeevit.khadka)
फोन नं.-  +971-525347997

––––––––––––––––––––
केन्द्रीय महासचिव- डिजी शर्मा (https://www.facebook.com/dipak.gautam.1232)
फोन नं.- +971-545844855

---------------------------
--------------------------



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ