arrow

गभर्नरको मुद्दा ‘हेर्दाहेर्दै’ मा, बिहीबार सुनुवाइ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
maha-prasad-adhikari-governer-nrb.jpg
फाइल तस्बिर

काठमाडौँ। सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ रहेको छ। अर्को सुनुवाइ बिहीबारका लागि राखिएको छ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि, न्यायाधीश हरिप्रसाद फुयाँलको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा आजका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ