arrow

चुनावको मुखमा विप्लव नेकपाका नेता खतिवडा र डाँगी रिहा

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख १४ बुधबार
kumar-khatiwada-balkumar-dangi-biplav-nekapa.jpg

मोरङ । नेत्रविक्रम चन्द्र विप्लव नेकपाका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् । उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो । 

२०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधिश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए ।

खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् । डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन् । 

उनीहरुलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।

अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै उनीहरुले आफ्नो राजनीतिक यात्रा नेकपा विप्लप समूहमै रहेर निरन्तर गर्ने बताएका छन् ।

हामी राजनीतिक प्राणी हौं, त्यही पार्टीको नामबाट हामीलाई पक्राउ गरी अढाई वर्ष जेलमा राखियो, अहिले त्यो पार्टी छोडिँदैन, राजनीतिक काममा लाग्छौं,’ खतिवडाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ