arrow

श्रमिक दिवसमा गृहमन्त्री तन्दुरी भोजनालयमा, कामदारको पारिश्रमिकमा चासो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
bakrishna-khand-tanduri.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरमा रहेको सामान्य भोजनालयमा पुगेर खाजा खादै अहिले रेष्टुराको अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार वानेश्वरस्थित लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा पुगेर खाणले तन्दुरी रोटी खाँदै व्यवसायबारे जानकारी लिएका हुन् । कपिल पोखरेलले सञ्चालन गरेको भोजनालयमा आएका सेवाग्राहीसँग पनि गृहमन्त्री खाँडले भोजनालयको खाना कस्तो छ ? भनेर सोधेका थिए ।

गृहमन्त्री खाँडले भोजनालयमा काम गर्ने कामदारसँग पारिश्रमिकलगायतका विषयमा जानकारी लिएका छन् ।

सञ्चालक पोखरेलले भोजनालयमा गृहमन्त्री आएर खाजा खाँदा खुशी लागेको बताएका छन् । विश्वभर अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइरहँदा मन्त्री खाँड तन्दुरी भोजनालय पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ