arrow

डन शैलीमा तिलोत्तमाका मेयर

निर्वाचन आयोगलाई चुनौती दिँदै मेयर घिमिरेले भने –मलाई कसले कारबाही गर्छ ? (भिडियोसहित)

logo
नारायण वली,
प्रकाशित २०७९ वैशाख १९ सोमबार
basudev.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे निर्वाचन आचार–संहिताविपरीत चुनावी प्रचार–प्रसारमा लाग्दै आएका छन् । अहिले उनी तिलोत्तमा नगरपालिकाको नगरप्रमुख पदमा बहाल छन् । जबकि निर्वाचन आचारसंहिता विपरीत बहाल भएको अवस्थामा उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजकसमेत बनेका छन् । 

सो नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका मोहन चापागाई र जागेश्वरीदेवी चौधरीको प्रचारमा खटिएका नगरप्रमुख घिमिरेले एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ‘मैले आचारसंहिता उल्लंघन गरे वापत कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती’ समेत दिएको भिडियोमा स्पष्ट सुनिएको छ । साथै उनले आफूलाई प्रचारप्रसारमा जान कसले रोक्छ ? भन्दै जंगिएका छन् । 

पत्रकार सम्मेलनमा मेयर घिमिरेले चुनौती दिँदै गर्दा पछाडि बसेका उनका प्रिय पात्र तथा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री हाँस्दै थिए । कार्यक्रममा मेयरले भने, ‘मैले निर्वाचन आचार–संहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक पनि बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कसले कारबाही गर्न सक्छ गरे हुन्छ’ भनेर चुनौती दिएका छन् ।

तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको ब्याख्या गर्दै भने, ‘म पार्टीको कार्यकर्ता हुँ, अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दिएको छ, कसैले यसले आचारसंहिता उल्लंघन गर्यो भन्ने लाग्छ भने कारवाही गर्दा हुन्छ ।’

उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने उर्दी गरेका छन् । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौँला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्न सक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’ उनले भने । 

उनले दादागिरी शैलीमा भनिरहँदा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरले यस विषयमा कुनै उजुरी नपरेको भन्दै पन्छिएका छन् । जबकि पत्रकार सम्मेलनमा मेयर सुवेदी बोलेको भिडियो प्रमाणका रुपमा रहेको देखे पनि आयोग उजुरीको पर्खाइमा भएको र उजुरी परे आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए ।

नगरप्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचार–संहिताविपरीत जिम्मेवारी लिएका छन् । उनी नगरको जनप्रतिनिधि तर्फको बहालवाला प्रवक्ता रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका छन् । 

नियम र कानून बनाएर लागु गर्नेमा देशकै पहिलो पालिका बनेर हाइहाइ भएको जनप्रतिनिधिले नै आचारसंहिताको धज्जी उडाएको भन्दै जनगुनासो बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ