- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको बागडोर सम्हालेका बुद्धिराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगरपालिका उम्मेदवारसँग घरदैलो अभियानमा सहभागी भएका छन्। ८६ वर्षे बज्राचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिँडेका थिए ।
मेयरका उम्मेदवार हरीकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य, वडाका अध्यक्षका उम्मेदवार इन्द्रमुनी बज्राचार्य र वडा सदस्यका उम्मेदवार सहित आज बिहान घरदैलो अभियानमा लागेका थिए ।
५ वर्ष सम्म वडाध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हालेका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागी भएका हुन् । पुर्वमन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको बताए ।
भने-मैले हाम्रो भन्दा पनि राम्रो उम्मेदवार जिताउन अभियानमा सहभागी भएको हुँ । उनी वडा नम्बर २० का स्थालीवासी हुन् । उनले पद्मावती महाविहारमा आयोजित घरदैलो अभियानमा आफ्नो साथ र समर्थन एमालेका उम्मेदवारसँग रहेको बताए ।
मेयरका उम्मेदवार ब्यञ्न्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन पुर्वमन्त्री एवं दुई दशक लामो मेयर पद सम्हालेका समाजसेवी बज्राचार्यको महत्त्वपूर्ण योगदान रहेको बताए । हाल उनी ललितपुर विकासको लागि समाजका अध्यक्ष छन् । उनको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी विहार र सम्पदाको पुनर्निर्माण सम्पन्न भैसकेको छ ।
उपमेयरका उम्मेदवार मञ्जली शाक्यले उनको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताइन् । 'उहाँकै कारण ललितपुर महानगरको विकास भएको हो, विश्वभरबाट परिचित पुर्वमन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको शहर बनाउन मुख्य भूमिका रहेको छ ।'
वडा अध्यक्षका उम्मेदवार इन्द्रमुनी बज्राचार्यले पुर्वमन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राखे । उनीकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ-अध्यक्ष बज्राचार्यको भनाई छ ।