arrow

ब्रह्माण्डको विस्तार रोकिएर सङ्कुचन हुँदै: चाँडै नै विनाश हुने अध्ययनको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
universe-collapse.PNG

काठमाडौं । वैज्ञानिकहरूले ब्रह्माण्डको एक नयाँ मोडेल विकास गरेका छन् । उक्त मोडेलले ब्रह्माण्डको विस्तार रोकिएर सङ्कुचन सुरु हुने र त्यसपछि पुरै ब्रह्माण्डको विनाश अथवा पतन हुने निष्कर्ष निकालेको छ ।

न्यु जर्सीको प्रिन्सटन विश्वविद्यालयका अन्वेषक पल स्टेनहार्ड लगायतले यो घटना चाँडै हुनसक्ने बताएका छन्।

पीएनएएस जर्नलमा गत महिना प्रकाशित भएको अध्ययनले डार्क एलर्जी  अथवा कालो ऊर्जा (क्विन्टेसेन्स) को एक रूपले ब्रह्माण्डको द्रुत विस्तारको अन्त्य गर्दै एउटैमा समाहित गर्न सक्ने खोज निकालेको हो ।

१४ अर्ब वर्ष पहिलो पुरै ब्रह्माण्ड एक विशाल पिण्ड रहेको र उक्त पिण्ड विष्फोट भएर ब्रह्माण्डको विकास भएको वैज्ञानिकहरूको सिद्धान्त छ ।

सो घटनालाई बीग ब्यांग भनिन्छ । बीग ब्यांगपछि ब्रह्माण्डमा रहेको आश्चर्यजनक कालो ऊर्जाकै कारण द्रुत गतिमा ब्रह्माण्डको विस्तार भइरहेको भनिन्छ ।

६८ प्रतिशत ब्रह्माण्ड कालो ऊर्जा, २७ प्रतिशत कालो पदार्थले बनेको र हामीले आँखाले देख्ने तारा, पिण्ड, सौर्यमण्डल, आकाशगङ्गा भनेको ५ प्रतिशत भन्दा कम हो भन्ने वैज्ञानिक सिद्धान्त छ । यहीँ कालो ऊर्जाले गुरुत्व बलको ठिक विपरीत काम गरेर ब्रह्माण्डको विस्तार भइरहेको ठानिएको छ ।

कालो ऊर्जाका गुणहरू अज्ञात छन् तथापि अल्बर्ट आइन्स्टाइनलगायतका केही वैज्ञानिकहरूले यसको बल स्थिर रहने र सधैँभरि ब्रह्माण्डको विस्तार भइरहने भनेका थिए । 

तर, अर्का थरी अन्वेषकहरूले यदि कालो ऊर्जा वास्तवमै छ भने यसको बल स्थिर नहुन सक्ने र क्विन्टेसेन्स फिल्ड भनिने पूर्ण रूपमा फरक चीजबाट बनेको हुनसक्ने बताएका छन् ।

यस सिद्धान्तका आधारमा केही वैज्ञानिकहरूले ब्रह्माण्ड विस्तार हुने गति कम हुँदै जाने, त्यसपछि यो खुम्चिने र एउटै पिण्डमा समाहित हुने बताएका छन् । 

यसरी पुरै ब्रह्माण्ड विनाश भएर एउटैमा समाहित हुनुलाई बी क्रन्च भनिएको छ भने, एउटै पिण्ड विष्फोट भएर ब्रह्माण्ड बनेको अवस्थालाई बीग ब्यांग भनिएको थियो ।

यो सिद्धान्तका समर्थकहरूले कालो ऊर्जामा क्विन्टेसेन्स भनिने गतिशील क्षेत्र रहने बताएका छन् । यसैको कारण कालो ऊर्जाले ब्रह्माण्डको विस्तार वा सङ्कुचन जे पनि हुन दिने यी सिद्धान्तका वैज्ञानिकहरूको भनाइ छ ।

यसै अनुसार सम्भवतः पहिले नै ब्रह्माण्डको विस्तार रोकिएर सङ्कुचन हुन थालिसकेको या १० करोड वर्षभित्रमा सङ्कुचन हुन थाल्ने वैज्ञानिकहरूले बताएका छन् । ब्रह्माण्डीय जगतका लागि १० करोड वर्ष निकै कम समयावधि हो ।

साँच्चै ब्रह्माण्ड सङ्कुचन हुन थालिसकेको छ या छैन भनेर हेर्न वैज्ञानिकहरूले लाखौँ वर्षअघि छुटेका किरणहरूको अन्वेषण गर्नुपर्ने छ । करिब ४ करोड ५० लाख वर्षअघि पृथ्वीमा एस्ट्राेइड खसेर डाइनाेसरहरूकाे विनाश भएको थियो ।

क्यालिफोर्नियाका सैद्धान्तिक भौतिक शास्त्री सेन क्यारोलले यदि कालो ऊर्जा एक विशुद्धता हो भने, यसको विस्तारमा बिस्तारै हराउने र ठिक उल्टो सबै ब्रह्माण्डलाई एउटैमा समाहित गर्न सक्ने कुरा सन् २०२० मा नेचर जर्नललाई बताएका थिए।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका नोबेल पुरस्कार विजेता फ्रान्क विल्जेकले कालो ऊर्जा भौतिक विज्ञानमा सबैभन्दा रहस्यमय तथ्य भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ