arrow

लोसपाबाट एमाले गएर पनि टिकट नपाएका जानकीरामले सार्वजनिक गरे प्रतिबद्धता पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
janakiram.PNG

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्रमा स्थानीय आवश्यकता, समस्याको पहिचान र समाधान, भावी रणनीतिक योजना समेटिएका छन् । 

शिक्षा, स्वास्थ्य, सुरक्षा, सरसफाइ, स्वरोजगार, खेलकुद, संस्कृति र पर्यटन, सुशासन, सेवामुखी नगर, पर्यावरण र हरित क्रान्ति, सडक र ट्राफिक व्यवस्थापनका योजनाहरू उच्च प्राथमिकता राखिएको साहले बताए ।

जनकपुरधाममा गुठी जग्गाको व्यवस्थापन र फोहोर व्यवस्थापन प्रमुख चुनौतीका रूपमा रहेको साहले पत्रकार सम्मेलनमा प्रतिबद्धता पत्रमा उल्लेख गरिएका कुरासहित थप आवश्यकता पूरा गरिनेमा प्रतिबद्ध छौ जानकारी गराए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आबद्ध रहँदा सो पार्टीबाट टिकट पाउने सङ्केत नदेखिएपछि उम्मेदवारी मनोनयनको छ दिन अगाडि नेपाल कम्युस्टि पार्टी(एमाले)मा प्रवेश गरेका थिए । एमालेले पनि टिकट नदिएपछि साह स्वतन्त्र उम्मेदवार दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ