- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जिम्बावे ’ए’ विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले निरश प्रदर्शन गरेको छ । टीयू क्रिकेट मैदानमा पाहुन टोली जिम्बावेले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्ति दिएकामा नेपालले कमजोर ब्याटिङ गरेको हो ।
नेपालले टी–२० मा भन्दा पनि अझ कमजोर ब्याटिङ गर्ने क्रममा ८४ रन जोड्दा महत्वपूर्ण ७ विकेट गुमायो । छैटौं नम्बरमा आएका सोमपाल कार्मीले नेपालको लज्जास्पद स्थितिलाई केही सम्हालेका छन् ।
नेपालका लागि कुशल भुर्तेलले १० बलमा १९, दिपेन्द्र सिंह ऐरीले २० बलमा १८ रन बनाए भने आसिफ शेख ५, आरिफ शेख ५, रोहित पौडेल ३, मोहम्मद अदिल आलम २ तथा शुशन भारी ० मा आउट भए ।
नेपाल भ्रमणमा रहेको जिम्बावेले तीन वटा एक दिवसीय खेल्नेछ । यसअघि भएको तीन खेलको टी–२० मा १–१ को बराबरी भएको थियो । एक खेल रद्ध भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो ।