arrow

जिम्बावेविरुद्धको एक दिवसीयमा नेपालको टी–२० को भन्दा पनि खराब योगफल, एक सय ३६ मै प्याकअप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
nepal-zimbabwe-a.jpg

काठमाडौं । जिम्बावे ’ए’ विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले निरश व्याटिङ प्रदर्शन गरेको छ । टीयू क्रिकेट मैदानमा पाहुना टोली जिम्बावेले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्ति दिएकामा नेपालले कमजोर ब्याटिङ गर्दै १३६ रनमै अलआउट भएको हो ।  

नेपाल ३१.३ ओभरमात्र क्रिजमा टिक्न सकेको थियो । नेपालले टी–२० मा भन्दा पनि अझ कमजोर ब्याटिङ गर्ने क्रममा ८४ रन जोड्दा महत्वपूर्ण ७ विकेट गुमाएको नेपाललाई छैटौं नम्बरमा आएका सोमपाल कार्मी र नवौं नम्बरमा आएका करण केसीले केही राहत दिलाउँदै उद्दार गरेका हुन् । 

सोमपालले ७० बलमा ३० तथा करणले ३६ बलमा २५ रन बनाए । कुशल भुर्तेलले १० बलमा १९, दिपेन्द्र सिंह ऐरीले २० बलमा १८ रन बनाए भने आसिफ शेख ५, आरिफ शेख ५, रोहित पौडेल ३, मोहम्मद अदिल  आलम २ तथा शुशन भारी ० मा आउट भए । कप्तान सन्दीप लामिछानेले ४ रन बनाए । 

नेपाल भ्रमणमा रहेको जिम्बावेले तीन वटा एक दिवसीय खेल्नेछ । यसअघि भएको तीन खेलको टी–२० मा १–१ को बराबरी भएको थियो । एक खेल रद्ध भएको थियो । 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ