arrow

नेपाल–जिम्बावे दोस्रो एक दिवसीय हुँदै, नेपाल खेलमा फर्किने आशा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
nepal-zima-odi1.jpg
तस्बिर– फाइल

अपडेटः नेपालले टस जितेर फिल्डिङ गरेसँगै जिम्बावे ब्याटिङमा आएको छ । नेपालले शुरुआतमै विकेट लिएको छ । 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । टीयू क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको खेल बिहान ९ः३० बजे शुरु हुनेछ ।

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

नेपालले निकै नै कमजोर ब्याटिङ्ग गरेको थियो । नेपाल १३६ रनमा अलआउट भएको थियो । नेपाल केबल ३१.३ ओभरमात्र क्रिजमा रहेको थियो । जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ । जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावेसँग सिरिज खेलिरहेको हो ।

यसअघि भएको तीन खेलको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो। पहिलो खेल जिम्बावेले जित्दा दोस्रो खेल वर्षाले रद्ध भएको थियो । तेस्रो खेलमा नेपाल विजयी भएको थियो । 

एक दिवसीयमा भने नेपालले टी–२० को जति स्कोर पनि बनाउन सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ