arrow

सन्दीप कप्तानीको नेपालको अविश्मरणीय बलिङ, जिम्बावे ८७ रनमा अलआउट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
nepal-cricket-zim.jpg

काठमाडौं । सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अविश्मरणीय बलिङ प्रदर्शन गरेको छ । नेपालले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध सनसनीपूर्ण बलिङ गरेको हो । टीयू क्रिकेट मैदानमा भइरहेको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले जिम्बावेलाई ८७ रनमै रोक्यो । 

खेलमा नेपालले टस जितेर बलिङ गरेको थियो । जिम्बावे ३१.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा समेटियो । 

जिम्बावे नेपाली बलर सामु टिक्न सकेन । पहिलो बलमै विकेट गुमाउन थालेको जिम्बावेले ६६ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर त्यसपछि भने जिम्बावेले अन्तिम विकेटका लागि २१ रनको साझेदारी गर्यो । 

जिम्बावेका लागि जोनाथन क्याम्पबेलले २७, ब्राड इभान्सले अविजित २० तथा सेफास झुवाओले १० रन बनाए बाहेक कसैले पनि दोहोरो स्कोर जोडेनन् । 

अविश्मरणीय बलिङ गर्ने क्रममा सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

नेपालले निकै नै कमजोर ब्याटिङ्ग गरेको थियो । नेपाल १३६ रनमा अलआउट भएको थियो । नेपाल केबल ३१.३ ओभरमात्र क्रिजमा रहेको थियो । जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ । जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावेसँग सिरिज खेलिरहेको हो ।

यसअघि भएको तीन खेलको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो। पहिलो खेल जिम्बावेले जित्दा दोस्रो खेल वर्षाले रद्ध भएको थियो । तेस्रो खेलमा नेपाल विजयी भएको थियो । 

एक दिवसीयमा भने नेपालले टी–२० को जति स्कोर पनि बनाउन सकेन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ