arrow

ब्याट–बल चलेको दिन नेपालले जिम्बावेमाथि रच्यो इतिहास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
nepal-win-zimbabwe-evergreen-sompal.jpg

काठमाडौं । सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अविश्मरणीय प्रदर्शन गरेको छ । नेपालले शनिबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको हो । ब्याट र बल चलेको दिन नेपालले टीयू क्रिकेट मैदानमा दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बावेलाई ९ विकेटले हरायो । 

८८ रनको झिनो चुनौती पाएको नेपालले ११.२ ओभरमा १ विकेट गुमाएर सफलता हासिल गर्यो । सुनील धमला र आसिफ शेखले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे । सुनीलले ३८ बलमा ३८ रन बनाए । त्यस्तै आसिफले ३१ बलमा अविजित रहँदै ३४ रन बनाए । विनोद भण्डारी ४ रनमा अविजित रहे । 

खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेको थियो । जिम्बावे ३१.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा समेटियो । जिम्बावे नेपाली बलर सामु टिक्न सकेन । पहिलो बलमै विकेट गुमाउन थालेको जिम्बावेले ६६ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर त्यसपछि भने जिम्बावेले अन्तिम विकेटका लागि २१ रनको साझेदारी गर्यो । 

जिम्बावेका लागि जोनाथन क्याम्पबेलले २७, ब्राड इभान्सले अविजित २० तथा सेफास झुवाओले १० रन बनाए बाहेक कसैले पनि दोहोरो स्कोर जोडेनन् । 

अविश्मरणीय बलिङ गर्ने क्रममा सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।


नेपालले जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

नेपालले निकै नै कमजोर ब्याटिङ्ग गरेको थियो । नेपाल १३६ रनमा अलआउट भएको थियो । नेपाल केबल ३१.३ ओभरमात्र क्रिजमा रहेको थियो । 

जिम्बावेसँग नेपालले तनि खेल एक दिवसीय सिरिज खेल्नेछ । 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावेसँग सिरिज खेलिरहेको हो ।

यसअघि भएको तीन खेलको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो। पहिलो खेल जिम्बावेले जित्दा दोस्रो खेल वर्षाले रद्ध भएको थियो । तेस्रो खेलमा नेपाल विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ