arrow

प्रेस युनियन अध्यक्षले गरेको चुनावी अपील विवादमा, पूर्व अध्यक्षहरुकै आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले गरेको चुनावी प्रतिवद्धतापत्रको हस्ताक्षर विवादमा आएको छ । उनले प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्षहरुसँग संयुक्त हस्ताक्षरमा जारी गरेको ‘स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मतदाताहरुलाई हार्दिक अपील’ विवादमा आएको हो । 

उक्त अपीलमा अहिलेको निर्वाचनमा देशमा मुख्य दुई प्रवृत्ति देखिएका छन् भन्दै एउटा संविधानको रक्षा गर्ने (गठबन्धन) र अर्को संविधानको हत्या गर्ने (एमाले) रहेकाले गठबन्धनमा मतदान गर्न आह्वान गरिएको छ । 

भनिएको छ, ‘हामी संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानूनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम नेपाली मतदाता महानुभावलाई आर्दिक अपील गर्दछौं ।’

यो अपील सार्वजनिक भएसँगै प्रेस युनियनका पाँच पूर्व अध्यक्षहरु हरि अधिकारी, रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारी शर्मा र किरण पोखरेलले छुट्टै आह्वान गरेका छन् । 

उनीहरुको आह्वानमा ‘नेपाल प्रेस युनियन लोकतन्त्रमा विश्वास गर्ने पत्रकारहरुको साझा संगठन हो । यस संगठनमा रहेका हरेक सदस्यलाई लोकतन्त्रका मूल्य, मानयता र आदर्शसँगै पत्रकारिताका मर्यादाहरु नभुल्न आग्रह गर्दर्छौं’ भनिएको छ । 

त्यस्तै अगाडि भनिएको छ, ‘बैशाख ३० गते स्थानीय निर्वाचन हुन लागेको सन्दर्भमा नेपाल प्रेस युनियनको गरिमा, पत्रकार आचारसंहिता र पत्रकारहरुको व्यवसायिक कर्तव्य विपरीतका कुनै पनि अभियानमा नलागी नागरिक र लोकतन्त्रको हित केन्द्रीत पत्रकारिताको अभ्यास गर्नसमेत सबैमा आह्वान गर्दर्छौं ।’

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ