arrow

रात्रिबसमा गएकी १७ वर्षीया किशोरी सहचालकबाट बलात्कृत, पीडितका बाबुको कुटाइबाट चालकको मृत्यु  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
crime.jpg
तस्बिर– सांकेतिक

इलाम । इलाममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको आरोपमा बा५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई बैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेपछि किशोर फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनालाई लिएर पीडित किशोरीको बुबाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना रहेका छन् । उनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । 

कुटपिट गर्ने व्यक्तिलाईसमेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । (कारखानाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ