arrow

निर्वाचित भएपछि राप्तीसोनारीको पर्यटन प्रवर्द्धन गर्छु : तप्त पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
raptisonari.PNG

बाँके (राप्तिसोनारी)। राप्तीसोनारीमा पर्यटन प्रवर्द्धन र युवाहरूलाई रोजगारी दिन आफूहरू प्रतिबद्ध रहेको राप्तिसोनारीका उम्मेदवारहरूले बताएका छन् । 

आज शनिवार बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ५ का थारु बस्तीमा घरदैलो पछि आयोजित कोणसभामा बोल्दै नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्तिसोनारीमा पर्यटनको राम्रो सम्भावना भएकाले आफू निर्वाचित भएपछि यसको  प्रवर्द्धनमा जुट्ने बताए । 

यसका साथै यस क्षेत्रबाट युवाहरु कामका लागि भारत जाने गरेकोमा त्यो समस्या समाधान गरि गाउँमै रोजगारीका अवसरहरू सृजना गर्ने बताए । यसका साथै थारुबाहुल क्षेत्र भएकाले थारु समुदायका संस्कार संस्कृति संरक्षण र प्रवर्द्धन समेत ध्यान दिने बताए ।

यस्तै उपाध्यक्ष पदका उम्मेदवार मनीषा सिंह थारुले कांग्रेसका जनप्रतिनिधिले गएको ५ वर्षमा गरेका कामहरूलाई निरन्तरता दिने र जनताको सल्लाह सुझाव अनुसार अघि बढ्ने बताए । 

नेपाली कांग्रसका नेता तथा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जसरी आफूलाई विश्वास गरेर जनताले मत दिनुभएको थियो त्यसै गरी कांग्रेसका उम्मेदवार पौडेलसहितको समूहलाई विजयी बनाउन आग्रह गरे । यसअघि कांग्रेसले जितेको भएकाले यस पटक पनि साख जोगाउन सबै मतदातालाई अपिल गरेका छन्  ।
 
कांग्रेसले विकास गर्न सक्षम र योग्य उम्मेदवारको छनौट गरेकाले यो पटक पनि मतदाताको सहयोग आवश्यक रहेको उनको भनाई छ । 

कार्यक्रममा प्रदेश सभा क का अध्यक्ष लक्ष्मण थारु, वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार भोला थारु सहित सबै उम्मेदवार, तरुण दल राप्तीसोनारी उपाध्यक्ष प्रदीप रजक, द्रोण वली, शेखर रावत  लगायत सयौँको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ