arrow

राजासँग सम्बन्ध सुधार्नका लागि ‘बा’ वादीहरुबाट स्थापितलाई पठाइएको थियो : नीर शाह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
nir-shah-srijana-singh-election.jpg

काठमाडौं । वरिष्ठ कलाकार एवं नेपाल टेलिभिजनका योजनाकार नीर शाहले राजाको पाउ पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्ने बीचको काठमाडौं लडाइँ भएको बताएका छन् । काठमाडौं महानगरकी मेयरकी प्रत्यासी सिर्जना सिंहलाई शुभकामना दिदैँ शाहले सिंहको बारेमा लामो चिन्ता र व्याख्या गरिरहन नपर्ने बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई पूर्वराजाले थुन्दा टिफिनमा खाना बोकेर जान पनि प्रतिबन्ध गरिएको  बताए । 

सिंहको पार्टीमा लाग्दा नजरबन्द गरिएको भन्दै शाहले उनको प्रतिस्पर्धामा उत्रिएका केशव स्थापितलाई राजाले नै मेयर बनाएको बताउँदै अब यहीँबाट को उम्मेदवार राम्रो भन्ने प्रष्ट भएको बताए । 

‘राजासँग सम्बन्ध सुधार्नका लागि ‘बा वादीहरुबाट स्थापितलाई पठाइएको थियो, यो इतिहास खोजिनु जरुरी छ’, शाहले भने। काठमाडौंमा जित लोकतन्त्रको हुने बताउँदै लोकतन्त्रबादीले नहार्नेसमेत ठोकुवा शाहले गरेका छन् ।

काठमाडौंका बुद्धिजीवीहरुको उक्त भेलालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी मेयरकी उम्मेदवार सिंहले बुद्धिजीवीहरुसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्वता व्यक्त गरिन् । 

काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काठमाडौंलाई व्यवस्थापन गर्नेसमेत उनले बताइन् । काठमाडौंलाई कला संस्कृतिको संरक्षणमामा लाग्नेसमेत उनले बताइन् । 

‘काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौंनै प्रमुख एजेन्डा हो,’, सिंहले भनिन् ।  मेयर भएकै दिनदेखिनै सबैसँग सहकार्य गरेर आगाडि बढ्नेसमेत उनले बताइन् । 

काठमाडौंको आफ्नै मौलिकता रहेकोले यो लोप हुनबाट बचाउने र काठमाडौंलाई समृद्धि दिने काम हाम्रो काँधमा आएको सिंहले बताइन् । 

उनले ३२ वडामा जेष्ठ नागरिक भवन बनाउने, पार्क बनाउने तर व्यापारी कम्लेक्स नबनाउने त्यो निजी क्षेत्रलार्ई बनाउन दिनेसमेत उनले बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ