arrow

यसरी मनाइँदैछ बुद्ध जयन्ती, चार दिने कार्यक्रम तय

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७९ वैशाख २६ सोमबार
279928893_538490331069943_1410517144407475301_n.jpg

लुम्बिनी । बुद्ध जन्मस्थल र लुम्बिनीमा २५६६ औं बुद्ध जयन्ती विशेष  रुपमा मनाउने तयारी गरिएको छ । यसपटक बुद्ध जयन्ती चार दिनसम्म मनाइने लुम्बिनी विकास कोषले जनाएको छ  ।

दिवसको अवसरमा जेठ १ गतेदेखि ४ गतेसम्म विभिन्न कार्यक्रम हुनेछन् ।  कोषद्वारा लुम्बिनीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिनलाई वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती र लुम्बिनी दिवस भव्य रुपमा मनाउने जनाएको हो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भएको जानकारी दिए । त्यसका लागि विभिन्न उपसमितिहरुले काम गरिरहेको उनले बताए ।

बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको पनि उद्घाटन गरिने छ। हलको बुद्ध जयन्तीकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

२५६६ औ बुद्ध जयन्तिकै अवसरमा जेठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन एवम देवदहको भवानीपुरमा बिहान बौद्ध पुजा तथा दिप प्रज्ज्वलन गरिने छ । रामग्राम नवलपरासीमा १ जेठ १ गते अपरान्ह ४ बजेबाट बौद्ध प्रवचन तथा दीप प्रज्ज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान हुनेछ ।

जेठ २ गते बिहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ बिहान ७ बजे मायादेवी परिसर देखि शान्ति दीपसम्म शोभा यात्रा, बिहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उद्घाटन गरिनेछ । 

यस्तै बिहान १० बजेदेखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औं बुद्ध जयन्ती समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष समारोह गरी मनाइने शाक्यले बताए ।

यस्तै साँझ ५ बजेदेखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, साँझ लुम्बिनीको मायादेवी परिसरमा दीप प्रज्ज्वलन गरिने छ । 

जेठ ३ गते लुम्बिनीदेखि कपिलवस्तुसम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नेसम्बन्धी देश विदेशका विज्ञहरुको सहभागितामा दुई दिने तिलौराकोट सम्मेलन रहेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले बताए । 

उता कपिलवस्तु र नवलपरासीमा पनि दिवस मनाउन उपसमिति निर्माण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ