arrow

मौसमको मारमा नेपाल र जिम्बावेको खेल, ३३ ओभरमा झारियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
tu-cricket-ground-2022-05-09.jpg

काठमाडौं । नेपाल र पाहुना टोली जिम्बावे ए बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खराब मौसमका कारण सीमित ओभरमा झारिएको छ । खेल अब ३३ ओभरको हुने भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ । 

नेपाल क्रिकेट संघ क्यानले हिजो वर्षा भएकाले टीयू क्रिकेट मैदान ओसिलो हुँदा खेलमा ढिलाई भएको जनाउँदै ३३ ओभरमा झारिएको बताएको हो । बिहान ९ः३० बजे हुनुपर्ने खेल पटक पटकको निरीक्षण हुँदा १२ः३० बजेदेखि खेल गर्ने निर्णय अम्पायरले गरेका हुन् । 

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । तीन खेलको सिरिज १–१ को स्थितिमा रहेको  छ ।

पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । नेपाल १३६ रनमै अलआउट भएको थियो । 

तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ । 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेसँग सिरिज खेलिरहेको हो।

यस अघि भएको तीन खेलको टी–२० सिरिज सिरिज १–१ को बराबरीमा सकिएको थियो । दुवै टिमले एक एक खेल जित्दा एक खेल वर्षाले गर्दा रद्द भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ