arrow

नेपाली क्रिकेट टिमको सुखद अभ्यास, बलिङसँगै ब्याटिङमा सुधार

logo
सोम, 
प्रकाशित २०७९ वैशाख २६ सोमबार
nepali-cricket-win-zim.jpg

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्न जानुअघि घरेलु मैदानमा नेपाली टिमले गरेको अभ्यास सफल भएको छ । टेष्ट मान्यताप्राप्त राष्ट्र जिम्बावेको ‘ए’ टिमसँग नेपालले गरेको अभ्यास सफल भएको हो । 

नेपालले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको भए पनि यसपालि सकारात्मक नतिजा आएको खेलमा ब्याट र बल दुवै चलेको छ । नेपालले तीन वटा एक दिवसीय र तीन वटा टी–२० खेलेको हो । जसमा एक दिवसीयमा २–१ ले श्रृंखला जित्न सफल भएको छ । 

सोमबार भएको तेस्रो खेलमा नेपालले आक्रामक खेल्दै विजय हासिल गर्यो । पहिलो खेलमा कमजोर ब्याटिङ गरेसँगै १३६ रनमा प्याकअप भएको नेपाल ३ विकेटले पराजित भएको थियो । 

दोस्रो खेलमा ब्याट र बल दुवै चलेको दिन ९ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा पनि ब्याट र बल दुवै चलेको छ । खेलमा नेपाल ६ विकेटले विजयी भयो । खराब मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा ३२.१ ओभरमा अलआउट हुँदै २१३ रन बनायो । 

तादिवानाशे मारुमनीले सर्वाधिक ५० रन बनाए । नेपालका लागि किशोर महतोले ४३ रन खर्चेर ५ विकेट लिए । त्यसतै सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

जवाफमा नेपालले आकर्षक ब्याटिङ गर्यो । नेपालले ३०.१ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ४३ बलमा अविजित रहँदै ६० रन जोडे । आसिफ शेखले ३७ बलमा २९ रन बनाए । विनोद भण्डारीले २६ बलमा अविजित रहँदै २८ रन जोडे । 

अनअफिसियल एक दिवसीय भए पनि नेपालले भरपूर अभ्यास गर्ने अवसर पाएको छ । खेलाडीहरुले खेल देखाउने अवसर पाएका छन् । नेपालले तीन खेलको टी–२० श्रृंखलामा १–१ को बराबरी गरेको थियो । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

जेहोस् सन्दीप लामिछानेको कप्तानीमा रहेको युवाहरुले भरिपूर्ण नेपाली टिमले आफूलाई निखार्न गरेको प्रयास धेरैथोरै सफल भएको छ । कमीकमजोरी थुप्रै छन् ।

तिनीहरुलाई हटाएर टिम अब्बल बन्न सक्छ । यसमा नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापकीय भूमिका र प्रशिक्षकको खेलाडीहरुलाई निखार्ने क्षमताले अहम् भूमिका खेल्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ