- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उदयपुर । घरमा कोही नभएको मौका पारी किशोरीलाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बेलका नगरपालिका-६ बस्ने २६ वर्षीय गणेश राईलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा दिएपश्चात् तत्काल खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-६ फक्टपुरबाट पक्राउ गरेको हो ।