arrow

चार सचिवले अवकाश पाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
karmachari-najiamati.PNG
तस्बिर– सांकेतिक

काठमाडौं । आगामी जेठ महिनामा चार जना सचिवले अनिवार्य अवकाश पाउने भएका छन् । यही जेठ ४ गतेबाट मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयकी सचिव यामकुमारी खतिवडाले अवकाश पाउने भएकी छिन् । 

यसअघि उनी लामो समयसम्म महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत थिइन् । यसैगरी उर्जा सचिव देवेन्द्र कार्कीले पनि यही जेठमा अवकाश पाउने भएका छन् । यही जेठमा अवकाश पाउनेहरुमा निरु दाहाल  पाण्डे र महेन्द्र गुरागाई पनि छन् । 

पाण्डे हाल कृषि तथा पशुविकास मन्त्रालयमा कार्यरत छिन् भने गुरागाई लोकसेवा आयोगमा कार्यरत छन् । कानून अनुसार मन्त्राययका सचिवहरुले २ किसिमबाट अवकाश पाउँछन् । ५८ वर्ष उमेर पूरा गरेपछि अवकाश पाउँछन् । या सचिवमा ५ वर्षसम्म कार्यकाल पूरा गरेपछि अवकाश पाउने व्यवस्था कानूनमा छ । त्यसैले केही सचिवहरुले ५ वर्षको कार्यकाल पूरा गरेकै कारण ५१–५२ वर्षमै अवकाश पाउने गरेका छन् ।  

राष्ट्रिय किताबखानाका अनुसार यो जेठ र असारमा ५ सय ६० सरकारी कर्मचारीहरुले ५८ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएका छन् । किताबखानाले अवकाश पाउनु भन्दा ६ महिनाअघि नै सम्बन्धित व्यक्ति र ऊ कार्यरत कार्यालयलार्ई चिठी लेखेर जानकारी गराउने गरेको छ । 

किताबखानाले चिठी पठाउन ढिलो गर्दा कहिलेकाहीँ अवकाश पाउन लागेका कर्मचारीहरुले अरु ६ महिना या एक वर्ष पनि काम गरेका छन् । निजामती सेवा ऐनमा अवकाश पाउनु भन्दा ६ महिनाअघि नै सम्बन्धित व्यक्तिलाई जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ