arrow

राप्तीसोनारीमा कांग्रेसका पौडेलले एमालेलाई पछि पारे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
poudel-banke.JPG

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका तप्त पौडेलले २२ मतले अग्रता लिएका छन् । नेकपा एमालेका रामदास थारु दोस्रो स्थानमा रहँदै पौडेललाई पछ्याइरहेका छन् । 

अहिलेसम्मको मतगणना अनुसार कांग्रेसका पौडेलले ७४७० मत ल्याउँदै पहिलो स्थानमा छन् भने एमालेका थारु ७४४८ मतका साथ दोस्रो स्थानमा छन् । थारु पौडेल भन्दा २२ मतले पछि छन् । 

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ६६०२ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ७५५५, कांग्रेसकी मनिषासिंह थारुको ७३८५ र माओवादीकी मञ्जु रोकायले ६०२९ मत पाएका छन् । अहिले वडा नं. ५, ६ र ७ को मतगणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ