arrow

‘लालगद्दार’ लाई कारबाही गर्ने एमालेको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
UML Kaski.jpg

पोखरा । नेकपा एमाले कास्कीले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । एमाले कास्कीले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई छानविन गरि कारबाही गर्ने उल्लेख गरेको छ ।

पोखरा महानगरपालिकामा मतगणना चलिरहँदा पोखरा महानगरका मेयर उम्मेद्वार कृष्ण थापालाई हराउन र सहयोग नगर्न भन्दै गरिएको फोन कुराकानीको अडियो सार्वजनिक भएपछि पार्टीले यस्तो चेतावनी दिएको हो । 

यो घटनाबारे समिति नै बनाएर अध्ययन गरिने र दोषी देखिए संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्ने विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘बजारमा कसैले नियोजित हल्ला चलाउँदैमा त्यस्ता विषयहरूलाई पार्टी जीवन र नेतृत्वसँग जोडेर प्रचारित गर्ने प्रवृत्ति ज्यादै खतरनाक छ । कसैको निजी संवादलाई प्रचारित गरेर राजनीतिलाई अपराधिकरण गर्ने यस्ता प्रवृत्तिप्रति पार्टी सदैव सचेत छ । यस्ता अफवाहहरूको पछि नलाग्न समग्र पार्टी पंक्ति र आम जनसमुदायलाई एमाले कास्की हार्दिक अपिल गर्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ