चुनावमा धाँधली भयो, यो संसद्मा रेकर्ड गराउन चाहन्छौँ : एमाले
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
823
Shares
फाइल तस्बिर
काठमाडौँ। एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ।
मङ्गलवारबाट सुरु भएको संसद्को ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहेको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए।
‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो,’ उनले भने, ‘चुनावमा राज्य शक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसद्मा रेकर्ड गराउन चाहन्छौँ।’
एमालेविरुद्ध लागेको गठबन्धनको सामना गर्दै एमाले निर्वाचनमा होमिएको बताएका उनले अहिले आइरहेको परिणामबाट एमाले नआत्तिएको बताए।