arrow

एमालेमा हारको आरोप प्रत्यारोप, महेश बस्नेतले नूनचुक छर्के मदनसुन्दरको हारको घाउमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
mahesh-basnet-new.jpg
तस्बिर– फाइल

भक्तपुर । नेकपा एमालेभित्र स्थानीय तहको निर्वाचनमा हात लागेको असफलताको समीक्षा नभई आरोप प्रत्यारोप शुरु भएको छ । सो क्रममा नेता महेश बस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताएका छन् ।

बुधबार अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभई मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरे । उनले भने, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो।’

‘मैले त उम्मेदवारी दिंदा नै मदनसुन्दरलाई नदोहोर्याऔं बरु प्रदेश सभामा पछि उठ्नुस् भनेको थिएँ, उनले भने, मदनदसुन्दरले जिद्दी गर्नुभयो ।’
यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाइ थियो । 

मध्यपुर थिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए। जिल्लामा मदनसुन्दर महेश बस्नेत विरुद्धको समूहका मानिन्छन् ।  (कारखानाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ