arrow

यो हो अमेरिका जाने नेपाली क्रिकेट टोली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
nepal-cricket-2022-win.jpg
तस्बिर– फाइल

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टिममा सन्दीपसँगै आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल,, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो र सागर ढकाल रहेका छन् । 

नेपालले अमेरिकामा त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्नेछ । नेपाल, अमेरिका र ओमानबीच हुने प्रतियोगिता आगामी जुनमा हुनेछ ।  

पहिलो खेलमा नेपालले ओमानसँग जुन ९ मा खेल्नेछ । लिग २ मा नेपाल छैटौं स्थानमा रहेको छ । १२ खेल खेलेको नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ