arrow

बाणगंगामा एमालेबाट अर्याल बने मेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
barganga.JPG

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख विजयी भएका छन् । 

एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणि अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे । 

दुवै बीच ६ सय ३९ मतको अन्तर छ ।त्यसैगरी उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई विजयी बनिन । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरिन । 

बाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ । अर्याल बाणगंगा नगरपालिकाका निवर्तमान उपमेयर हुन ।



नयाँ