- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् ।
उनी २३ हजार ४६० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत पाए । विष्ट गठबन्धनबाट उम्मेदवार बनेका थिए । उपमेयरमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन् ।
उपमेयरमा निर्वाचित राईले १७ हजार ९ सय ५० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिमा राप्रपाले जितेको थियो । हाल राप्रपाका महामन्त्री धवलशमशेर राणा २०७४ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ५ सय १५ मत ल्याएर निर्वाचित भएका थिए ।
उपमेयर भने कांग्रेसकी उमा थापामगर निर्वाचित भएकी थिइन् ।