- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एएफसी यू–१७ एसिया कप २०२३ फुटबल छनोटमा नेपाल तेस्रो समूहमा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ सार्वजनिक गरेको हो ।
नेपालको समूहमा कीर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज ताइपेइ, म्यानमार, कतार, टिमोर लिस्टे र सिंगापुर रहेका छन् ।
छनोटमा एसियाका ४४ राष्ट्र सहभागी छन् । एएफसीले शुक्रबारै यू–२० छनोटको ‘ड्र’ पनि सार्वजनिक गरेको छ । एएफसीले यसअघि हुँदै आएको यू–१६ र यू– १९ को स्थानमा यू–१७ र यू–२० एसिया कप आयोजना गर्न लागेको हो ।
छनोट अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जोर्डन, किर्गिस्तान, ओमान, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम गरी १० देशमा आयोजना हुनेछ ।