arrow

१२ देशमा मंकीपक्सका ८० भन्दा बढी केस पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
monkeypox-virus.jpeg
फाइल तस्बिर

लन्डन। कम्तीमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कुनै पनि देशको नाम नलिईकन थप ५० सन्दिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ। अझै बढी केसहरू बढ्ने चेतावनी पनि डब्लूएचओले जनाएको छ।

अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरूमा सङ्क्रमण पुष्टि भइसकेको छ। मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकीपक्स बढी मात्रामा देखिन थालेको छ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल सङ्क्रमण हो, जसको  सामान्यतया हल्का असर हुन्छ र अधिकांश सङ्क्रमित केही हप्तामा निको हुन्छन्।

भाइरस मानिसमा सजिलै नसर्ने  र जोखिम निकै कम रहेको बताइएको छ। मंकीपक्सको लागि कुनै विशेष खोप छैन। तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकि दुई भाइरसहरू निकै समान छन्।

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्विडेनमा केसहरू पुष्टि गरेका छन्। शुक्रवार एक विज्ञप्तिमा डब्ल्यूएचओले हालैका प्रकोपहरू असामान्य रहेको र त्यो अन्य देशहरूमा फैलिएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ