arrow

बाँकेको राप्तीसोनारीका अध्यक्षले खुवाए सबै जनप्रतिनिधिलाई शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
sapath-janaprathinidhi.PNG

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । 

गाउँपालिका कार्यालयमा राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलले नवनिर्वाचित उपाध्यक्ष मनीषासिंह थारुसहित ९ वटै वडाका अध्यक्ष र सदस्यलाई आइतबार दिउँसो शपथ खुवाएका हुन् ।

शपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले निवर्तमान अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीलाई बिदाइ गर्दै नवनिर्वाचित अध्यक्ष पौडेल, उपाध्यक्ष थारु सहित सबै जनप्रतिनिधिहरूलाई स्वागत गरेका थिए।

शपथ कार्यक्रममा अध्यक्ष पौडेल, निवर्तमान अध्यक्ष थारु, उपाध्यक्ष थारु, निर्वाचित जनप्रतिनिधिहरू, कर्मचारीहरू लगायत सबै पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ