arrow

सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो, एमाले दोस्रोमा झर्‍यो

logo
सुनिल आउजी,
प्रकाशित २०७९ जेठ ९ सोमबार
sudurpachhim-pradesh.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको परिणाम हेर्दा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ । प्रदेशका ८६ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। प्रदेशका ८८ मध्ये ८६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।

 सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३९ स्थानीय तहमा जित निकालेको छ। कांग्रेसले डोटीका ७, बझाङका ६, अछामका ६, डडेल्धुराका ५, कञ्चनपुरका ५, बैतडीका ४, बाजुराका तीन र कैलालीका तीन स्थानीय तहमा जित निकालेको छ।

०७४ सालमा नेपाली कांग्रेसले प्रदेशका ३८ स्थानीय तहमा जित निकालेको थियो। यस्तै २०७४ सालमा प्रदेशमा ठुलो पार्टी बनेको नेकपा एमाले यस पटक दोस्रोमा झरेको छ। एमालेले २५ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख र अध्यक्ष जितेको छ।

एमालेले दार्चुलाका ५, बाजुराका ५, बैतडीका ४, बझाङका ३, कञ्चनपुरका ३, कैलाली र अछाम २-२ तथा डोटीको एक स्थानीय तहमा जितेको हो । माओवादी केन्द्रले दार्चुलाका चार, बझाङ, डडेल्धुरा र कैलालीका २-२, बैतडी, डोटी अछाम र कञ्चनपुरका एक-एक स्थानीय तहमा जितेको छ।

५ महिना अगाडि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा चार र एकीकृत समाजवादीले दुई पालिकामा जित निकाल्दा दुई पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अब प्रदेशका दुई नगरपालिकाको अन्तिम मतपरिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ।

अछामको साँफेबगर नगरपालिकामा कांग्रेस जित नजिक पुगेको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा बुथ कब्जा भएपछि फेरि मतदान गर्ने वा मतगणना गर्नेबारे अझै सहमति जुट्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ