arrow

अन्तर्घात नभएको भए काँग्रेसले चार सयभन्दा बढी पालिका जित्थ्यो : डा. प्रकाशशरण महत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
congress-local-election-brief-2079-2022.jpg

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काँग्रेस भित्र अन्तर्घात नभएको भए अझै बढी पालिकाको नतिजा काँग्रेसको पक्षमा आउने बताएका छन्। आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तर्घातका कारण काँग्रेसले केही पालिका गुमाउनु परेको जनाए।

‘हाम्रो पार्टीमा अहिले पनि अन्तर्घातको समस्या समाप्त भएको छैन। यदि हाम्रो पार्टीमा अन्तर्घात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित सङ्ख्या पुर्‍याउँथ्यौ भन्ने हाम्रो अनुमान छ,’ उनले भने।

पत्रकार सम्मेलनमा उनी बोलिरहँदा देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी बनेका थिए।

‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समीक्षा गर्ला। यद्यपि नतिजा सकारात्मक छ, सन्तुष्टिजनक छ,’ प्रवक्ता महतले भने।  

निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी समेत उनले गरे। बन्धन नगरी एक्लै लडेका स्थानमा पनि काँग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले जनाए।

‘नगरपालिकाहरूमा झन्डै ५० प्रतिशत हाराहारीमा काँग्रेसले जित हासिल गरेको छ। मतदाता, जनसङ्ख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासिल गरेका छौँ भन्न सक्छौँ,’ उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ