arrow

उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेसका केन्द्रीय सदस्यसहित आठ जनालाई कारबाहीको सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
nepali-congress-flag.jpg

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभासदस्य ध्रुव वाग्लेसहित आठ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । 

व्यास नगरपालिका-५ को वडा कार्यसमितिको बैठकले कारबाहीका लागि व्यास नगर समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

पार्टीका केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ, प्रदेश प्रतिनिधि सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधि गङ्गाबहादुर राना, भीमकुमार श्रेष्ठ, व्यास–५ का वडा कार्यसमिति सदस्य पविन्द्र खनाल, दीपेन्द्र खनाल र विश्वराज खनाललाई कारबाहीका लागि सिफारिस गरिएको छ ।  

व्यास-५ का वडा सभापति सुरबहादुर थापा, उपसभापति ईश्वरीराज वाग्ले, सचिव सुरेन्द्र खनाल, मुन्नी शाही र सहसचिव भरतप्रसाद खनाललगायतको टोलीले आज व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीका लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन्  । 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले नेपाली कांग्रेस व्यासका प्रमुख, उपप्रमुख र व्यास–५ का आधिकारिक उम्मेदवारलाई पराजित गर्न सक्रिय भूमिका खेलेको बताइएको छ ।

 पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्न उक्त सिफारिस पत्रमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ