arrow

तेस्रो पटक फेरियो मन्त्रालयको नाम, आन्तरिक तथा गृह राखियो

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ जेठ ११ बुधबार
madhes-pradesh.jpg

जनकपुरधाम । मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन भएको छ । उक्त मन्त्रालयको नाम परिवर्तन गरी ‘आन्तरिक तथा गृह मन्त्रालय’ राखिएको सचिव रामकुमार महतोले बताए ।

उनका अनुसार मधेस सरकारको जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो। मन्त्रालयको नाम कानून बमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको छ । 

प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानून मन्त्रालय थियो । पछि मन्त्रालय फुटाउँदा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय राखिएको थियो ।

फेरि परिवर्तन गरी आन्तरिक तथा गृह मन्त्रालय राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ