arrow

खानेपानीमा गेलाल, सतर्कतामा गए श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
pm-office-and-council-of-ministries.jpeg
तस्बिर– फाइल

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयबाट सरुवा गरिएका रविन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्र पुर्याइएको छ । यता राष्ट्रिय सतर्कताका सचिव सुशीलचन्द्र तिवारीलाई जलस्रोत, उर्जा तथा सिचाई मन्त्रालयमा लगिएको छ । 

सरकारले मंगलबार चार जना सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव सरुवा गरेको हो । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । 

पछिल्लो समयमा खानेपानी मन्त्री उमाकान्त चौधरी र सचिव आचार्यबीच सम्बन्ध राम्रो थिएन । चौधरीले आचार्यलाई चुनावअघि नै मन्त्रालयबाट सरुवा गर्न खोजेका थिए । चुनावको बेला आचारसंहिता लागू भएकाले आचार्यको सरुवा भएको थिएन । आचारसंहिता निष्कृय हुने बित्तिकै चौधरीले आचार्यलाई सरुवा गराएका छन् । 

सरकारले खानेपानीमा मनिराम गेलाललाई ल्याएको छ । यसअघि गेलाल प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए । गेलालको ठाउँमा आचार्यलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । रमेश सिंह प्रधानमन्त्री कार्यालयमा कायरत हुँदा उनका लागि सरकारले इञ्जिनियर समूहको एउटा सचिवको दरबन्दी सिर्जना गरेको थियो । त्यस ठाउँमा अहिले आचार्यलाई लगिएको छ । 

राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुशिल चन्द्र तिवारीलाई सरकारले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा लगेको छ । उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यही जेठ ४ गते अनिवार्य अवकाश लिएपछि उनको ठाउँ खाली थियो । 

खाली ठाउँमा जान प्राविधिक समूहका ३ जना सचिव गेलाल, आचार्य र तिवारीले प्रयास गरेका थिए । अन्ततः यो अवसर तिवारीले पाए । उच्च कर्मचारीहरुका लागि भौतिक पूर्वाधार र शहरी विकास पछाडि उर्जा तथा जलस्रोत मन्त्रालय आकर्षक ठाउँ मानिन्छ । 

गत शुक्रबार सरकारले भौतिक पूर्वाधार मन्त्रालयमा गोपाल सिग्देललाई ल्याएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ