arrow

सरकारी अस्पताल व्यवस्थित बनाउने चन्द्रपुरका प्रमुख काफ्लेको पहिलो निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
sanjaya-kafle-mayour.PNG

रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिकाका नव निर्वाचित नगरप्रमुख सञ्जय काफ्लेले आफ्नो कार्यकालको पहिलो निर्णय अस्तव्यस्त सरकारी अस्पताल व्यवस्थित बनाउने गरेका छन् । 

नगर उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको शपथग्रहण कार्यक्रमको अवसरमा नेपाली काँग्रेसका नगर प्रमुख काफ्लेले उक्त निर्णय गरेका हुन  । 

चन्द्रनिगाहपुर सरकारी अस्पतालको एक्स–रे मेशिन झण्डै दुई वर्षदेखि बिग्रिएर थन्किएको छ । अस्पतालमा मुटुको रक्तचाप र गति बारे जानकारी लिने ईसीजी मेशिन र अल्ट्रासाउन्ड सोनाग्राफी टेस्ट (युएसजी) मेशिन नभएको कारण बिरामी अन्य अस्पतालमा महँगो उपचार गर्न बाध्य छन् । 

अस्पतालको कमजोर व्यवस्थापन पक्ष र प्रमुख चिकित्सकको उदासीनताले अस्पताल दिनदिनै अस्तव्यस्त हुँदै गएको जनगुनासा आइरहेको बेला नव निर्वाचित प्रमुख काफ्लेले अस्पतालमा चाहिने अतिआवस्यक ती स्वास्थ्य उपकरण खरिदको लागि यथाशीघ्र प्रक्रिया अगाडी बढाउन प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देललाई निर्देशन समेत दिएका छन् । 

नगर प्रमुख काफ्ले २०७४ सालको स्थानीय तह निर्वाचनमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्षमा विजयी भएका थिए ।  स्थानीय तहमा पाँच वर्षको अनुभव बटुलेका नगर प्रमुख काफ्लेले नगरमा स्वास्थ्य, शिक्षा र व्यवस्थित सहरीकरणमा विशेष जोड रहने बताए ।

कमजोर आर्थिक स्थिति भएका नगरवासीलाई रोजगारमूलक, शीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गरी दैनिक जीवनयापन सहज बनाउने प्रतिबद्धता जाहेर गर्दै उनले उक्त कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताए । यसअघिका मेयरले अस्पतालका बारेमा केही नगर्दा नगरवासी महँगो मूल्य तिरेर अन्यत्र जानुपर्ने बाध्यता झेल्दै आउनुपरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ