arrow

सर्लाहीमा शेखर पक्षका सभापति रहेको ठाउँमा मात्र कांग्रेसको जीत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
shaker-koiralaa.JPG

सर्लाही । देशकै सबैभन्दा धेरै स्थानीय तह रहेको सर्लाहीमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । सर्लाहीमा रहेको कूल २० पालिकामध्ये कांग्रेसबाट १२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष, ११ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष, ७४ वटा वडाको वडाध्यक्ष, ६७ जना महिला सदस्य, ६८ जना दलित महिला सदस्य र १४० जना खुल्ला वडा सदस्य निर्वाचित भएका छन् । 

यसरी विजयी हासिल गर्ने मध्येमा पनि ११ पालिकाको प्रमुख तथा अध्यक्ष र १० वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष सर्लाही क्षेत्र नम्बर १ र २ का मात्रै छन् । यसरी हेर्दा नेपाली कांग्रेसको १४ औं अधिवेशनमा संस्थापन इतर अर्थात् डा. शेखर कोइराला पक्षका क्षेत्रीय सभापतिले जितेको क्षेत्रमा कांग्रेसले आफ्नो चार तारे झण्डा फरफराउन सफल भएको छ । 

सर्लाहीमा ४ क्षेत्र रहेकोमा कांग्रेस क्षेत्र नम्बर ३ मा कांग्रेसबाट उम्मेदवार रहेका पालिकाको प्रमुख तथा अध्यक्ष, पालिकाको उपप्रमुख तथा उपाध्यक्ष कसैले पनि विजयको माला पहिरन सफल भएनन् भने क्षेत्र नम्बर ४ मा एउटा मात्रै पालिकामा जित निकालेको छ । 

सर्लाही क्षेत्र ३– ४ मा सर्लाही कांग्रेसमा जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, प्रदेश उपसभापति तथा महिला बाल बालीका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद शाह, जिल्ला उप सभापति नवीन अधिकारी जिल्ला सचिव नीरज कार्की प्रदेश सदस्य सोनी बोम्जन लगायतका नेता कार्यकर्ता रहेको भए पनि क्षेत्र ३ नील गयो भने ४ मा एक मात्र पालीकामा विजयको माला पहिरन सफल भएको छ । 

क्षेत्र नम्बर १ मा शेखर पक्षका हरि बहादुर लुंगेली र क्षेत्र नम्बर २ मा समेत शेखर पक्षका कौसलकिशोर रायले विजय भएका छन् भने क्षेत्र नम्बर ३ मा पुण्यहरि गौतम तथा चारमा रामआश्रय साह क्षेत्रीय सभापति रहेका छन् । 

दुबै जना स्थापन पक्ष अर्थात् पाटी सभापति शेरबहादुर देउवा पक्षका रहेका छन् । देउवा पक्षले सभापति जीतेको दुवै क्षेत्रमा नेपाली कंग्रेसको पक्षमा प्रतिकूल नतिजा आएको छ भने शेखर पक्षले जितेको दुबै क्षेत्रमा रहेको सम्पूर्ण पालीकामा नेपाली कांग्रेसले आफ्नो पक्षमा नतिजा पार्न सफल भएको छ । 

यसरी देउवा पक्षले जीतेको ठाउँमा नतिजा नेपाली कंग्रेसको पक्षमा नआउनुमा त्यस पक्षले चुनावमा पार्टीको तर्फबाट उम्मेदवार उठाउँदा जित्ने भन्दा पनि गुट बचाउने तर्फ लाग्दा आज पराजय भोग्नु परेको कांग्रेस सर्लाहीका एक नेताले बताए । 

२०७४को चुनावमा चारै क्षेत्र मध्ये चार नम्र क्षेत्रमा सबै भन्दा धेरै पालीकामा जीत निकालेको भए पनि यस वर्ष सिंह द्वयको घमण्ड तथा सभापति देउवाको प्रत्यक्ष हस्तक्षेपको कारण नेपाली कंग्रेसको यो हालत भएको शेखर पक्षबाट जिल्ला सभापतिको उम्मेदवार रहेका लक्ष्मण रायले बताए । 

जिल्ला सभापतिको घर छेउमै रहेको र ७४ को चुनावमा जितेको बसवरियामा समेत नेपाली कांग्रेसले हार्नु भनेको पार्टी नेतृत्वले काम गर्न नसकेको प्रस्ट देखिने रायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ