arrow

कांग्रेसका ज्येष्ठ नेताको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
nepali-congress-flag.jpg

काठमाडौं ।  नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ हरिप्रसाद पन्तको निधन भएको छ। पन्तको हिजो बेलुका ५ बजे कैलालीको नोभा अस्पतालमा उपचारका क्रममा निधन भएको हो  । डोटी जिल्ला शिखर नगरपालिका वडा नं. ९, जैनोली निवासी ७७ वर्षीय पन्त नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य थिए ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्  ।

पन्तले पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै सामाजिक र शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याएको नेपाली कांग्रेसले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ