- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत मंगलबार प्रस्तुत आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्तुत गर्दैछन् ।
त्यस्तै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने छ ।
त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पेश गर्नेछिन् ।
साथै महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले ‘महिला तथा समाजिक समितिको वार्षिक प्रतिवेदन पेश गर्नेछिन् ।
आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।