arrow

नाङ्गै ढंगमा त पंचायतमा पनि चुनाव भएन – केपी ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
kp-sharma-oli-parliament-2079.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । 

तर उनले स्वास्थ्यको कारण देखाएर उनले बसेरै सम्बोधन गरेका छन् । उनको स्वास्थ्य त्यति ठीक नभएको उनको स्वरले पनि बताइरहेको छ । 

उनले निर्वाचन स्वच्छ र निष्पक्ष भएको भन्ने सरकारको भनाइप्रति कटाक्ष गरेका छन् । उनले निर्वाचन निर्वाचनजस्तो नै हुनुपर्ने भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ भन्दै उनले बडो मुस्किलले यसपटक निर्वाचन भएको बताए । 

कानूनी व्यवस्थाअनुसार दुई महिनाअगावै निर्वाचन हुनुपर्छ । तर गठबन्धनले पछाडि धकेल्यो । गठबन्धनले गलत अभ्यास बसालेको आरोपसमेत उनले लगाएका छन् । 

आफूहरुको दबाब र अडानका कारण निर्वाचन भएको पनि उनले बताए । 

उनले निर्वाचन धाँधलीरहित हुन नसकेकै कारणले १४ दिनसम्म सबै ठाउँको परिणाम आउन नसकेको आरोपसमेत लगाए । 

उम्मेदवारका घरमा बम पड्काइएको भन्दै ओलीले शान्तिपूर्ण निर्वाचन कसरी भयो भनी प्रश्न गरेका छन् । उनले सत्तापक्षलाई आरोप लगाउन बम आफै पड्किएको हो र ? भन्दै प्रश्न गरे । 

उनले गठबन्धनको घोषित नीतिअनुसार नै धुलो चटाइदिने र पत्तासाफ गराइदिने भएकोसमेत बताए । 

‘म दावा साथ भन्छु एउटा ठाउँमा पनि प्रतिपक्षीका कारणले मतदान स्थगित भएको छैन ।’ उनले भने, ‘जसरी पनि जित्नुपर्छ छोड अरु कुरा’ भनेर उहाँहरुले गीतै बनाउनु भयो । 

उनले ‘२०६४ सालमा हामीले जसरी पनि जित्यौं । ठोकेर जित्यौं । तर हामी सोझा भयौं । हार्यौं । अब ६४ को जस्तै ठोकेरै जित्ने हो’ भनेर माओवादीका शीर्ष नेताले भनेको भन्दै आलोचना गरे । 

ओलीले लोकतन्त्रको धज्जी उडाउने किसिमले नयाँ कीर्तिमान रचेर सरकारले निर्वाचन गरेको आरोपसमेत लगाए । 

उनले पंचायत कालमा पनि हामीले जनपक्षीय भनेर सहभागीता जनाएका थियौं । यस्तो नाङ्गै ढंगमा त पंचायतले पनि नगरेको आरोप लगाए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ