arrow

सिंह स्थापितभन्दा केही मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
walendra-keshav-srijana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित भन्दा केही मतले मात्र अगाडि रहेकी छन् । 

स्थानीय तह निर्वाचन ७९ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह ३२७ मतले मात्र अगाडि रहेकी छन् । सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् भने स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।

सिंह दोस्रो स्थानमा छिन्  र स्थापित भने तेस्रो स्थानमा रहेका छन् ।

कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५९ हजार १४९ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् ।  महानगरपालिकाको मत परिणाम अनुसार उनी शिखरमा छन् । अब वालेन्द्र कामपाको मेयर बन्ने पक्का भइसकेको छ ।

साथै उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डङ्गोल ६६ हजार ८७८ मत ल्याएर अग्रस्थानमा छन् । उनी उपमेयर बन्ने पक्का छ । 

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ