arrow

कांग्रेस नेता राजभण्डारीको निधनप्रति सभापति देउवा दुःखी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
madhavmani-rajbhandari-died-2079.jpg

काठमाडौं । नेपाली कांग्रेस दोलखाका पूर्व सभापति एवं ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य ७५ वर्षीय माधवमणि राजभण्डारीको बिहीबार काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

स्वर्गीय राजभण्डारी पार्टीको १० औं महाधिवेशन—२०५७ मा दोलखा जिल्लाको सभापति थिए । लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका स्वर्गीय राजभण्डारी २०५१ को मध्यावधि निर्वाचनमा पार्टीको तर्फबाट दोलखा जिल्ला निर्वाचन क्षेत्र नं २ को उम्मेदवार थिए । 

लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक हिरासतसमेत व्यहोरेका राजभण्डारीको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको भन्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । 

उनको शोक वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेस दोलखाका पूर्व सभापति, ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं मेरा मित्र माधवमणि राजभण्डारीको निधनको खबरले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ