arrow

अबको तीन महिनाभित्र अक्सिजन प्लान्ट आउँछ : बतास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
Batas faundations gv.jpg

पोखरा । बतास फाउन्डेशनले अबको करिब तीन महिनाभित्र नेपालमा अक्सिजन प्लान्ट भित्रिने जनाएको छ । अक्सिजन प्लान्ट कोभिड महामारीका बेला ल्याउने भनिए पनि विभिन्न प्रतिकुल परिस्थितिका कारण ढिलाइ भएको उल्लेख गरेको छ ।

फाउन्डेशनका कन्ट्री म्यानेजर निर्मल भण्डारीले बुधवार प्रेस विज्ञप्ति जारी प्लान्ट आगामी तीन महिनाभित्र नेपाल भित्रन गरी प्रक्रिया अगाडि बढेको जनाए । ‘प्रतिकुल परिस्थितिका कारण हाम्रो मेहनत, प्रयास, अपेक्षा र योजना अनुसार काम अघि बढ्न सकेन, अब अनुमानित ३ महिनाभित्र नेपाल भिœयाइसक्ने गरी योजना अघि बढिरहेको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीका समयमा पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने गरी बतास फाउन्डेनल ‘एक सय रुपैयाँ दान, महामारीमा प्राण’ भन्ने नारासहित सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानबाट एक करोड ६५ लाख ४४२ रुपैयाँ, बतास फाउन्डेशन र बतास अर्गनाइजेसनका कम्पनीबाट ५५ लाख, सेल्वेज डिर्पाटमेन्टल स्टोर प्रालि, अटोवेज प्रालि, केसी ग्रुप, सुपर मादी हाइड्रो प्रालि, क्वालिटी एग्रीग्रेट माइनिङ प्रालि, अग्नि इन्कर्पोरेशन प्रालिबाट एक करोड २५ लाख रुपैयाँ गरी तीन करोड ४५ लाख १७ हजार ५५५ रुपैयाँ संकलन भएको विज्ञप्तिमा उल्लेख छ । 



नयाँ