arrow

काठमाडौंलाई विश्वकै नमूना शहर बनाउने वालेन्द्रको अठोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
walendra-sah-election-win.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा विजय भएपछि वालेन्द्र साहले बिहान राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा विजयी र्याली शुरु गरेका छन् । राष्ट्रिय सभाबाट शुरु भएको र्यालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन् । 

विजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमूना शहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । र्याली तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन् । 

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको शुरुआतको रुपमा लिएको बताए ।

उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धतासमेत जनाए । उनले भने, ‘ ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु ।’

स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ