- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन भएको हो । एमाले संसदहरुले सभा अवरोध गरेसँगै बैठक स्थगन भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विपक्षी दलका नेताको अभिव्यक्तिलाई स्तरहीन भनेपछि एमाले संसदहरु उठेका थिए । प्रतिनिधि सभामा एमाले अध्यक्ष तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले हिजो दिएको अभिव्यक्ति आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रह पूर्वक टिप्पणी एवम् खेदजनक रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले भनेपछि नेकपा एमालेका सांसदहरु आफ्नो सिटबाट उठेर संसद अवरुद्ध गरेका छन् ।
एमालेका संसद खगराज अधिकारीले विपक्षी दलका नेता माथि स्तरहीन गालिगलोज शब्दाबली बोल्न नपाइने व्यवस्था हुँदाहुँदै प्रमुख प्रतिपक्ष दलका नेता संवैधानिक परिषद्को सांसद यहाँ व्यक्त गरेको कुरा रेकर्ड खोलेर हेरियोस् जथाभाबी मन्त्रीहरूलाई बोल्न पनि छूट छैन भनेका छन् । एमालेले विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ ।
मन्त्री बडूले,' हरेक सतकर्ममा कमिसन मात्र देख्ने नियत देख्दा र अभिव्यक्ति सुन्दा साउनको महिनामा आँखा फुटेको गोरुले सधैँ हरियो मात्र देख्छ भन्ने स्मरण गराउँछ ।' भनेका थिए ।